वातावरण
मानिस प्रकृतिकै सृष्टि भएकाले उ कहिल्यै पनि प्रकृतिबाट लता रहेर बस्न सक्दैन। प्रकृतिले प्रदान गरेको स्वच्छ वातावरणकै भरमा मानिसको जीवन अडेको छ; तर उ आफैले वातावरणलाई प्रदुषित तुल्याई आफ्नै जीवनलाई छोट्यइरहेको छ।प्रकृतिका विरुद्धमा कोही पनि जान सक्दैन भन्ने कुरा थाहा हुदाँहुदैँ पनि मानिस प्रकृतिमाथि विजय प्राप्त गर्ने नाममा गलत कार्यहरु गर्न पछि परेको छैन्। मानिसले भौतिक उन्नति गर्ने क्रममा प्राकृतिक वातावरणको स्वच्छतामा खलल पुर्याइरहेको देखिन्छ। प्राकृतिक सम्पदाहरुलाई नष्ट गर्ने काम मानिसले मात्र गरेको पाइन्छ।अन्य प्राणीहरु त् प्राकृतिक सुन्दरतामै हाँस्दै-खेल्दै रमाएराहेका हन्छन।मानिसचाहिँ प्राकृतिक वातावरणलाई आफ्ना आनुकुल बनाउने कोसिस गर्दछ अनि आफ्नो कोसिस असफल हुँदा क्रोधत् बन्दै प्रकृतिकै विनाश गर्न अग्रसर हुन्छ। मानिसका अविवेकी क्रियाकलापहरुले गर्दा प्राकृतिक नदि, हावा, रुख, हरियाली आदि कुराहरु विकृति अवस्थामा देखा परिरहेका छन्। उद्योग र कलकारखानाबाट निस्कने फोहोर धुवा र दुषित पानीबाट हावा र पानी दुषित हुन् गई वातावरण बिग्रिने कुरा हामीलाई थाहै छ। हावापानी दुषित भएपछि मानिसले आफू पूर्ण स्वस्थ बनेर बच्ने कल्पना गर्ने ब्यर्थ हुन्छ।बोटबिरुवाहरुलाई अक्सिजन प्राप्त गरी बच्ने आधार पाएको मान्छे तिनै बोटबिरुवाहरुलाई काट्न कोसिन्छ।
वातावरण स्वच्छ नभएमा मानिस आपंग नै बन्न पुग्दछ। आपंगा भएर बच्नु ज्यादै गार्हो हुन्छ।मानिस स्वस्थ छ भने यसले जीवनमा धेरै कामहरु गर्न सक्दछ। मानिस 'स्वस्थ्य नै जीवन हो'' भन्ने कुरा कदापि बिर्सिनुहुँदैन। वातावरण स्वच्छ हुदा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ/ त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्न आजको आवश्यकता नै हो। यसको संरक्षणक लागि कारवा गर्न कसैले पनि कन्जुस्याइँ गर्नुहुदैन. जुन कम गर्दा वातावरणमा नराम्रो असर पर्छ, त्यस्ता कामहरु बिर्सेर पनि गर्नुहुँदैन।
प्रकृतिको नियमलाई मिच्ने काम कहिँबाट र कसैबाट हुनुहुँदैन। एकै पलमा प्राकृतिक सुन्दरताले नष्ट गरिदिने खालका विस्फोटक पदार्थहरुको प्रयोग नगर्नु नै राम्रो हो। प्रदुषित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई स्वच्छ राख्ने प्रयास गर्नु सम्भव पनि छ। जीवनको स्वस्थताक निम्ति स्वच्छ वातावारण रहेकाले यसको संरक्षण व्यक्ति, समाज र विश्वले नै सचेत बन्नुपर्ने आवश्यकता टड्कारो देखा पर्छ।
दि तपाइलाई अझै चाहियो भने यात comment मा इमेल लेखेर दिनुहोला अथवा subscribe गर्नुहोस ।
Post a Comment